Lions Club of Biratnagar Unique

Website

Lions Club of Biratnagar Unique समाज सेवामा समर्पित लायन्स क्लब विराटनगर Unique
“We Serve” भावनासहित शिक्षा, स्वास्थ्य, वातावरण र नेतृत्व विकासमा सक्रिय

🕯️ शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा हाम्रो प्रतिबद्धता। 🇳🇵आज लायन्स क्लब विराटनगर युनिक लगायत विराटनगरका विभिन्न...
04/08/2026

🕯️ शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा हाम्रो प्रतिबद्धता। 🇳🇵

आज लायन्स क्लब विराटनगर युनिक लगायत विराटनगरका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा महेन्द्र चोक, विराटनगरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भयो।

देशका विभिन्न क्षेत्र, विशेष गरी तराई–मधेशमा विकसित घटनाक्रमप्रति संवेदनशील हुँदै, देशमा स्थायी शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम रहोस् भन्ने पवित्र कामनासहित हामी सबैले दीप प्रज्वलन गरी सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेका छौँ।

यस महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भई साथ, सहयोग र ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण लायन्स लिडरहरू, सदस्यज्यूहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद।

"जहाँ शान्ति हुन्छ, त्यहीँ समृद्धि हुन्छ। आउनुहोस्, मिलेर शान्ति, सद्भाव र मानवताको उज्यालो फैलाऔँ।" 🕯️❤️

🍽️ सेवा नै हाम्रो पहिचान | Food Feeding Program 🍽️आज लायन्स क्लब अफ विराटनगर युनिकद्वारा मानव सेवा आश्रम, विराटनगर–३ (वन...
02/08/2026

🍽️ सेवा नै हाम्रो पहिचान | Food Feeding Program 🍽️

आज लायन्स क्लब अफ विराटनगर युनिकद्वारा मानव सेवा आश्रम, विराटनगर–३ (वन कार्यालय छेउ) मा आयोजित Food Feeding Program सफलतापूर्वक सम्पन्न भयो।

क्लबका अध्यक्ष लायन Samir Khatiwada को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्रीज्यू तथा विशिष्ट अतिथि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन उदय नारायण बरालज्यूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी एरिया चिफ लायन चन्द्रप्रसाद अधिकारीज्यू, एरिया चिफ डा. सुनिल रेग्मीज्यू, एरिया कोर्डिनेटर, रिजन चेयरपर्सन तथा लायन्स लिडरहरू ज्यूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

यस अवसरमा मानव सेवा आश्रममा आश्रित ४५ जनालाई भोजन सेवा प्रदान गरिएको यस कार्यक्रमका संयोजक हाम्रो क्लबका इमिरेट पास्ट प्रेसिडेन्ट लायन Bikash Bhandari ज्यू हुनुहुन्थ्यो।

यस मानवीय सेवामा आर्थिक सहयोग प्रदान गर्नुहुने कल्पना भण्डारी खत्री (Texas, USA) प्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद।

"जहाँ आवश्यकता, त्यहीँ लायन्सको सेवा।" 💙💛

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्नलायन्स क्लब अफ विराटनगर युनिक...
30/07/2026

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ विराटनगर युनिकको आयोजनामा "Drug Abuse Awareness" विषयक जनचेतनामूलक कार्यक्रम आज लिबर्टी नेपाल, विराटनगर–३, पोखरिया मा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ विराटनगर युनिका प्रेसिडेन्ट लायन Samir Khatiwada ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री तथा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर लायन उदयनारायण बरालको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका सहजीकरणकर्ता (Facilitator) का रूपमा नोबेल मेडिकल कलेजका प्रोफेसर डा. मुक्ति आचार्यले लागूऔषध दुर्व्यसनका कारण, यसको असर, रोकथामका उपाय तथा युवाहरूले अपनाउनुपर्ने सचेतनाका विषयमा अत्यन्तै जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

यस कार्यक्रममा डिस्ट्रिक्ट एरिया चिफ लायन चन्द्रप्रसाद अधिकारी, एरिया कोर्डिनेटर, जोन चेयर पर्सन, विभिन्न लायन्स लिडरहरू, क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समाजलाई लागूऔषध दुर्व्यसनमुक्त बनाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम सहभागीहरूका लागि अत्यन्त प्रभावकारी र उपलब्धिमूलक बनेको थियो।

We Serve | Let's Serve & Rise 🦁💙

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्नलायन्स क्लब अफ विराटनगर युनिकले २०८३ सा...
17/07/2026

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ विराटनगर युनिकले २०८३ साल असार ३१ गते विराटनगर–५ स्थित मानव सेवा आश्रममा आश्रित सम्पूर्ण व्यक्तिहरूलाई भोजन गराउने सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा सेकन्ड भाइस डिस्ट्रिक्ट गभर्नर (Second VDG) लायन उदय नारायण बरालज्यू, मानव सेवा आश्रमका संरक्षक तथा पूर्व डिस्ट्रिक्ट गभर्नर (PDG) लायन लिला ढुंगेलज्यू, डिस्ट्रिक्ट ट्रेजरर मिना ढुंगेलज्यू, एरिया चिप लायन चन्द्रप्रसाद अधिकारी ज्यू, एरिया कोअर्डिनेटर लाइन रमेश राउतज्यू, जोन चेयर पर्सन लायन शोभा रञ्जितकारज्यू साथै विभिन्न लायन्स लिडरज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।

यो सेवा कार्यक्रम हाम्रो क्लबका भाइस प्रेसिडेन्ट लायन रामकुमार यादवज्यूका सुपुत्रको जन्मदिनको शुभ अवसरलाई समाजसेवासँग जोड्दै आयोजना गरिएको हो। यस कार्यक्रममार्फत आश्रममा रहनुभएका सम्पूर्णलाई भोजन गराई जन्मदिनलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने प्रेरणादायी कार्य सम्पन्न गरिएको छ।

Lions Club of Biratnagar Unique यस पुनीत कार्यमा सहयोग तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।

ग्रामथान गाउँपालिका वडा नं २ मा अवस्थित दुर्गा आधारभूत  विद्यालयमा लायन्स क्लब अफ विराटनगर युनिकद्वारा स्टेशरी तथा स्पोर...
01/07/2026

ग्रामथान गाउँपालिका वडा नं २ मा अवस्थित दुर्गा आधारभूत विद्यालयमा लायन्स क्लब अफ विराटनगर युनिकद्वारा स्टेशरी तथा स्पोर्ट्स सामग्रीहरू वितरण गरियो। यस कार्यक्रममा हाम्रो डिस्ट्रिक्ट गभर्नर आदरणीय लायन लीला प्रसाद चिमरिया ज्यू लगायत लायन्स लिडर ज्यूहरूको उपस्थिति रहेको थियो।

💐💐💐लायन्स क्लब अफ बिराटनगर युनिकको Hand over and Take over कार्यक्रम मोरङ्ग को पर्यटकिय स्थान रमिते मा भब्य र सभ्यताको स...
21/06/2026

💐💐💐लायन्स क्लब अफ बिराटनगर युनिकको Hand over and Take over कार्यक्रम मोरङ्ग को पर्यटकिय स्थान रमिते मा भब्य र सभ्यताको साथ मिति २००८३ असार ६ गते सु-सम्पन्न भएको छ। LY year २६/२७ को लागि अध्यक्ष हुनु भएकोमा लायन थनेन्द्र खतिवडा (समिर) ज्यु लाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छु।💐💐💐

✨ लायन्स क्लब अफ बिराटनगर यूनिक ✨आज मिति 29 April 2026 मा लायन वर्ष 2025/26 अन्तर्गत चौथो नियमित बैठक तथा आगामी लायन वर्...
29/04/2026

✨ लायन्स क्लब अफ बिराटनगर यूनिक ✨

आज मिति 29 April 2026 मा लायन वर्ष 2025/26 अन्तर्गत चौथो नियमित बैठक तथा आगामी लायन वर्ष 2026/27 का लागि पदाधिकारी चयन कार्यक्रम सौहार्दपूर्ण, सभ्य र उत्साहजनक वातावरणमा क्लबका चार्टर प्रेसिडेन्ट , पास्ट प्रेसिडेन्ट हरु तथा सदस्यहरुको उत्साहजनक उपस्थितीमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौ ।
यस महत्वपूर्ण अवसरमा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता, आपसी समझदारी र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।

🔷 लायन वर्ष 2026/27 का लागि नवनिर्वाचित कार्यसमिति:

👤 President (अध्यक्ष):
Lion Thanendra
Khatiwada (Samir)
👤 Immediate Past
President (IPP):
Lion Bikash
Bhandari
👤 First Vice President:
Lion Ram kumar
Yadhav
👤 Second Vice
President
Lion Sharswoti Ojha
👤 Third Vice President
Lion Sita Shah
👤 Secretary (सचिव):
LionPushpa Katuwal
👤 Treasurer(कोषाध्यक्ष)
Lion Prem Bahadur
Basnet
👤 Joint Secretary:
Lion Rama Shrestha
👤 Joint Treasurer
Lion Radha Adhikari


🔹 यस निर्विरोध चयनले क्लबभित्रको एकता, विश्वास र सहकार्यको भावना अझ मजबुत भएको प्रमाणित गरेको छ।
🔹 नवनिर्वाचित कार्यसमितिले आगामी दिनहरूमा अझ प्रभावकारी सामाजिक सेवा, नवीन कार्यक्रम र समुदायप्रति उत्तरदायी कार्यहरू सञ्चालन गर्ने विश्वास लिइएको छ।

👉 नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
👉 साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद।

🤝 “We Serve” को मूल मन्त्रलाई आत्मसात गर्दै, आगामी दिनहरूमा अझ सशक्त र प्रभावकारी सेवा अभियान अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं।

धन्यवाद। 🙏

लायन्स लियो क्लब विराटनगर युनिक तथा लायन्स लियो क्लब विराटनगर ग्रिनसिटीको संयुक्त आयोजनामा  आज मिति २०८३ साल वैशाख १२ गत...
25/04/2026

लायन्स लियो क्लब विराटनगर युनिक तथा लायन्स लियो क्लब विराटनगर ग्रिनसिटीको संयुक्त आयोजनामा आज मिति २०८३ साल वैशाख १२ गते “बोट बिरुवा हेरचाह, सरसफाई तथा फोहोर व्यवस्थापन” सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा लायन्स इन्टरनेसनल District 325C का PDG/PMCC Lion इन्द्र खत्री राजन, Elect 1st VDG Lion रमेश खत्री, Elect 2nd VDG Lion उदयनारायण बराल लगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन योगदान दिनु हुने सम्पूर्ण महानुभावहरू प्रति लायन्स लियो क्लब विराटनगर युनिकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

Bikash Bhandari
Puspa Katuwal
Samir Khatiwada

Address

Biratnagar-3, Bargachhi
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Lions Club of Biratnagar Unique posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share