28/09/2026
भावपूर्ण श्रद्धाञ्जली काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालको आधुनिक उच्च शिक्षाका दूरदर्शी व्यक्तित्व, प्रा. डा. सुरेश राज शर्माज्यूको असामयिक निधनको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ। नेपालमा गुणस्तरीय प्राविधिक, वैज्ञानिक तथा व्यावसायिक शिक्षाको जग बसाल्न उहाँले पुर्याउनुभएको अतुलनीय योगदान राष्ट्रले सधैं कृतज्ञतापूर्वक स्मरण गर्नेछ। काठमाडौं विश्वविद्यालयको BIT कार्यक्रम सञ्चालन गरिरहेको सम्बद्ध संस्थाको रूपमा, न्यू एभरेष्ट कलेज परिवार उहाँको शैक्षिक दृष्टिकोण, समर्पण र मार्गदर्शनप्रति उच्च सम्मान व्यक्त गर्दछ। यस अपूरणीय क्षतिको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोक सन्तप्त सम्पूर्ण परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं। — न्यू एभरेष्ट कलेज परिवार विराटनगर-५, मोरङ