02/10/2026
हार्दिक धन्यवाद तथा आभार
नेपाली कांग्रेस विराटनगर महानगरपालिका नगर अधिवेशनबाट नगर उपसभापतिमा निर्विरोध निर्वाचित गराउन साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय प्रतिनिधिज्यूहरू, अग्रज नेतागण, साथीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
यो विश्वासलाई व्यक्तिगत विजयभन्दा पनि संगठनप्रतिको जिम्मेवारी र साझा एकताको सम्मानका रूपमा लिएको छु। आगामी दिनमा सबैको साथ र सहकार्यमा पार्टीलाई अझ बलियो, एकतावद्ध र जनमुखी बनाउन प्रतिबद्ध रहनेछु।
जय नेपाल !