18/05/2026
भरतपुर महानगरपालिका वडा नं १३ को आर्थिक सहयोगमा एवं सरल नेपालको आयोजनामा साथै लियो जिल्ला परिषद् ३२५ आर नेपालको रिजन ५ को सहकार्यमा सामुदायिक विद्यालयका बालबालिकाहरूको लागि निशुल्क आँखा शिविर कार्यक्रम आज मिति:२०८३/०२/०४ गते भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा सदस्य बिमा दवाडीज्यूको प्रमुख आतित्यतामा एवम् सरल नेपाल संस्थाका उपाध्यक्ष अमृत अधिकारीज्यूको सभाअध्यक्षतामा आज पहिलो दिन मा. वि गंगानगर सभ्य र भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नम्बर १३ का अधिकृत इन्द्र ढकालज्यु, क्लियर भिजन अप्टिकलका फाउन्डर अलि अनसरीज्यु, मा. वि गंगानगरका प्रधानध्यापक गणेश प्रसाद सुवेदीज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्य वासुदेव सापकोटाज्यू, सरल नेपाल संस्थाका केन्द्रीय सचिव रुपक घिमिरेज्यू, लियो क्लब अफ बालकुमारी कलेजका अध्यक्ष लियो सन्ध्या शर्माज्यु, चितवन ग्रीन युवा क्लबका अध्यक्ष लियो संजोग चौलागाईंज्यू, क्लियर भिजन अप्टिकलका सदस्य युसुफ मियाज्यू, सितुस्ना महतोज्यू , विद्यालयका नर्स निशा न्यौपानेज्यू लगायतको विशेष उपस्थिति रहेको थियो।
यस कार्यक्रमलाई सफल बनाउनको लागी भुमिका खेल्नु हुने
किलियर भिजन अप्टिकल हाउस (Clear Vision Optical House) (Leo District Council 325 R NEPAL) लियो जिल्ला परिषद् ३२५ आर नेपालको रिजन ५ को सम्पुर्ण क्लब एवं लियो क्ल्ब अफ बालकुमारी कलेज रहेको थियो।
सम्पुर्ण सहयोगी मनहरु प्रती विशेष आभार प्रकट गर्दछौं।