सृजनशील टोल विकास संस्था भरतपुर-१६ चितवन

  • Home
  • Nepal
  • Bharatpur
  • सृजनशील टोल विकास संस्था भरतपुर-१६ चितवन

सृजनशील टोल विकास संस्था भरतपुर-१६ चितवन लागुऔषध, महिला हिंसा,लगाएत सामाजिक बिक्रृति विरूद्ध हाम्रो अभियान!

24/05/2026

भरतपुरमा
मध्यरातमा घर फोडेर महिला माथि कुटपिट!
२ तोला सुन लुटेर फरार!
सबै सतर्क रहौं🙏

 #बृद्ध_बुवा  #हराएको_सुचना नाम: गंगाधर सापकोटास्थान: भरतपुर १५ रामपुरउमेर: ७८ वर्ष (राम्रो संग बोल्न नसक्ने)फोटोमा देखि...
20/05/2026

#बृद्ध_बुवा #हराएको_सुचना
नाम: गंगाधर सापकोटा
स्थान: भरतपुर १५ रामपुर
उमेर: ७८ वर्ष
(राम्रो संग बोल्न नसक्ने)
फोटोमा देखिएको लुगामा हुनुहुन्छ।
२०८३ जेष्ठ ३ गते बिहान देवघाट जान्छु भनी निस्कनु भएकोमा अहिले को समय सम्म सम्पर्कमा आउनु भएको छैन।

उहालाइ जो कसैले देख्नु भएमा तल दिइएको नम्बरमा खबर छोडिदिनुहोला। अथवा नजिकै को प्रहरी चौकि मा खबर गरिदिनुहोला।

सुशील सुवेदी 9845278695
कृष्ण सापकोटा 9868838229

यो post लाई जति सक्यो share गरिदिनुहोला । ताकी बुवालाइ भेटाउन सहज होस!

सृजनशील टोल विकास संस्थाका अनुगमन समिती संयोजक श्री केशब प्रसाद रेग्मी ज्यू लाई ….जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्...
15/05/2026

सृजनशील टोल विकास संस्थाका अनुगमन समिती संयोजक
श्री केशब प्रसाद रेग्मी ज्यू लाई ….
जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछौं !!!
“सृजनशील टोल विकास संस्था परीवार”

हिजो बेलुका फुर्तिचोक वाट नविनचोक हुदै घर आउने क्रममा सवारी दुर्घटनामा परि घाईते हुनु भएका सृजनशील टोल विकास संस्था का उ...
02/05/2026

हिजो बेलुका फुर्तिचोक वाट नविनचोक हुदै घर आउने क्रममा सवारी दुर्घटनामा परि घाईते हुनु भएका सृजनशील टोल विकास संस्था का उपाध्यक्ष श्री हेमराज खरेल ज्यू को शिध्र तथा पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौं 🙏
टोल विकास संस्था परिवार !!!

शुभकामना 🙏
01/05/2026

शुभकामना 🙏

जन्मदिन, विवाह ,वैवाहिक वर्षगाठ लगाएतका उत्सव वा घर सजावट जस्ता कुनै विशेष अवसर वा समारोह का लागि फूलका बुकेहरू आवश्यक प...
30/04/2026

जन्मदिन, विवाह ,वैवाहिक वर्षगाठ लगाएतका उत्सव वा घर सजावट जस्ता कुनै विशेष अवसर वा समारोह का लागि फूलका बुकेहरू आवश्यक परेमा सृजनशील टोल प्रगती चोक निवासी बहिनी सरोजनी परियार लाई ९८४३९६५३९७ मा सम्पर्क गरी कलात्मक र सुन्दर ढाचामा आफैले निर्माण गरेका हेनमेड सजावटका समान सुपथ मुल्यमा प्राप्त गर्न सक्नु हुनेछ !
स्थानिय उत्पादन को प्रवर्दन र सृजनशील कर्म गर्ने नानि बाबु हरुलाई प्रोत्साहन गरौं 🙏

सृजनशील टोल विकास संस्थाका कार्यसमिति सदस्यश्री सुमित्रा अधिकारी Sumitra Adhikari ज्यू लाई ….जन्मदिनको लाखौ लाख शुभकामना...
29/04/2026

सृजनशील टोल विकास संस्थाका कार्यसमिति सदस्य
श्री सुमित्रा अधिकारी Sumitra Adhikari ज्यू लाई ….
जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछौं !!!
“सृजनशील टोल विकास संस्था परीवार”

जनहिता मा जारी सुचना !!!आगलागी बाट बचौं, सुरक्षित रहौं! 🔥सुख्खा मौसममा सानो लापरबाहीले पनि ठूलो आगलागि हुन सक्छ। सबै टोल...
26/04/2026

जनहिता मा जारी सुचना !!!
आगलागी बाट बचौं, सुरक्षित रहौं! 🔥

सुख्खा मौसममा सानो लापरबाहीले पनि ठूलो आगलागि हुन सक्छ।
सबै टोलवासीलाई अनुरोध छ—

👉 घर वरिपरि सुख्खा घाँस, पराल, काठ दाउरा सुरक्षित राखौं।
👉 खुला आगो (दियो, चुलो, सिगरेट आदि) प्रयोग गर्दा विशेष सावधानी अपनाऔं।
👉 विद्युत् तार, ग्यास सिलिन्डर र चुलोको नियमित जाँच गरौं।
👉 बालबालिकालाई आगोसँग खेल्न नदिनुहोस्।
👉 खुला ठाउँमा आगो बाल्दा पूर्ण नियन्त्रणमा राखौं र ननिभाई नछोडौं।
👉 आपतकालीन अवस्थामा तुरुन्तै दमकल,सुरक्षाकर्मी वा टोल समिती लाई खबर गरौं।

⚠️ हामी सबैको सानो सावधानीले ठूलो दुर्घटना टार्न सक्छ।
🙏 सुरक्षित टोल निर्माणमा सबैको सहकार्य आवश्यक छ।

सृजनशील टोल वि. संस्था
भरतपुर-१६ चितवन

जनहित मा जारी सचेतना मुलक सूचना!!                   विषय: चोरी तथा डकैतीबाट बच्न आवश्यक        सतर्कता अपनाउने सम्बन्धमा...
25/04/2026

जनहित मा जारी सचेतना मुलक सूचना!!

विषय: चोरी तथा डकैतीबाट बच्न आवश्यक सतर्कता अपनाउने सम्बन्धमा!!!

यस टोलका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराइन्छ कि हाल विभिन्न स्थानहरूमा चोरी तथा डकैतीका घटनाहरू बढ्दै गइरहेकोले सबैले उच्च सतर्कता अपनाउनु अत्यन्त आवश्यक भएको छ। त्यसैले निम्न कुराहरूमा विशेष ध्यान दिनुहुन अनुरोध गरिन्छः

१. घर छोडेर बाहिर जाँदा ढोका, झ्याल तथा गेट राम्रोसँग बन्द गर्नुहोस्।
२. अपरिचित व्यक्ति वा शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी चौकी वा टोल समितिलाई जानकारी दिनुहोस्।
३. रातको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कनुहोस् र घर वरिपरि पर्याप्त उज्यालोको व्यवस्था गर्नुहोस्।
४.मूल्यवान सामान सुरक्षित स्थानमा राख्नुहोस् र आवश्यक परे बैंकमा राख्ने व्यवस्था गर्नुहोस्।
५.टोलमा नयाँ व्यक्ति बसाइँ सर्ने वा शंकास्पद गतिविधि गर्ने व्यक्तिको विवरण टोल समितिमा जानकारी गराउनुहोस्।

सबैको सुरक्षा सबैको जिम्मेवारी भएकाले सचेत र सतर्क रहनुहुन अनुरोध छ।

सृजनशील टोल विकास संस्था
भरतपुर-१६ चितवन
🙏🙏🙏

हार्दिक श्रध्दाञ्जलि 🙏🌼
19/01/2026

हार्दिक श्रध्दाञ्जलि 🙏🌼

Address

Bharatpur 16
Bharatpur

Telephone

+9779855014469

Website

Alerts

Be the first to know and let us send you an email when सृजनशील टोल विकास संस्था भरतपुर-१६ चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share