18/08/2026
How long do i have to go? (मलाई अझै कती हिंड्नु पर्छ ?)
"समाजको एक जिम्मेवार र उत्पादक सदस्य बनी रहन को लागि आफ्नो सुधार लाई पहिलो प्राथमिकता दिनु पर्दछ।"
Basic Text, p. 106
~~~~~~~~~~~~~~~~
बैठक हरु अदभुत हुने गर्दछ! हरेक साँझ, जब हामी बैठक मा उपस्थित भयौ, आफ्नो अनुभव आशा र शक्ति शेयर गर्नको लागि अरु दुर्व्यसनी हरु सँग भेटघाट गर्ने गर्दथ्यौ। प्रत्येक दिन बैठक मा जे पनि सिक्यौ त्यसलाई आफ्नो सुधार लाई निरन्तरता दिनको लागि अमल पनि गर्यौ।
यता, जीवन पनि चली रहेको हुन्छ। व्यवसाय, काम, परिवार, नौकरी, अध्यन, खेलकुद, मनोरन्जन, सामुदायिक कार्य, साथी भाई, नागरिक दायित्व सबै हामीलाई समय दिनको लागि भन्ने गर्दछ। यो दैनिक जीवन को माग हरुले कहिले कांही हामी आफैलाइ प्रश्न गर्नको लागि ऊक्साइ रहन्छ कि - "यो बैठक मा अझ मलाई कती समय समय सम्म गइ रहनु पर्छ ?"
आउनुहोस्, यो कुरा लाई बिचार गरौ। के एन.ए मा आउनु भन्दा अगाडि हामी आफ्नो एक्लो प्रयास ले नशा बाट टाढा हुन सक्थ्यौ ? अहिले हामी सँग त्यस्तो के छ कि अब हामी नशा बाट टाढा हुन सक्छौ ? र यता अहिले पनि रोग त छदै छ, र प्रमाण को रुपमा लामो समय बाट चली रहेको हाम्रो आत्म केन्द्रित चाहना र एकोहोरोपना को नमुना जुन हाम्रो जीवन को धेरै क्षेत्र मा आफुलाई प्रकट गर्ने गर्दछ। के हामी हाम्रो रोग लाई प्रभावकारी ढंगले उपचार नगरि जिउन सक्छौ र हाम्रो जीवन को आनन्द लिन सक्छौ ? सक्तैनौ।
सामान्य मानिस हरुले शायद यो कुरा हरुको बारेमा चिन्ता गर्नु पर्दैन होला, तर हामी सामान्य होइनौ - हामी दुर्व्यसनी हौ। हामी यो ढोङ गर्न सक्तैनौ कि हामी सँग घातक, बराबर बढीरहने एक रोग छैन भनेर,हो हामी सँग यो रोग छ। सुधार को कार्यक्रम बिना हामी हाम्रो कार्यक्षेत्र, पढाई, परिवार र अन्य मागहरुको बारेमा चिन्तित हुनको लागि हामी बाँच्न सक्तैनौ। एन.ए को बैठक ले हामीलाई त्यो साहारा र दिशा दिने गर्दछ जुन हामीलाई हाम्रो दुर्व्यसन बाट सुध्रनको लागि आवश्यक छ र जसको कारणले हानी एक भरिपूर्ण जीवन जिउन सक्तछौ।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र - म जिउन चाहन्छु र जीवन को आनन्द लिन चाहन्छु। यो प्राप्त गर्न को लागि म आफ्नो सुधार लाई पहिलो प्राथमिकता दिनेछु।