Pasa Recovery Nepal

Call

Pasa Recovery Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pasa Recovery Nepal, Nonprofit Organization, Bhaktapur, Bhaktapur.

22/09/2026

just for the = 22 sept 2026 - Keeping the gift (उपहार लाई राखी राख्नु)
आजको निम्ती मात्र- मेरो सुधार मेरो लागि उपहार हो। म यसलाई राखी राख्न चाहन्छु। म यसको स्याहार सुसार गर्ने छु र आफ्नो सुधार लाई अरु सँग बाडने छु।


source : Nishul Sunil Prajapati
Pasa Recovery Nepal

Keeping the gift  (उपहार लाई राखी राख्नु) "जब हामी आफुलाई यो (सुधार) उपहार को लागि खुला गर्ने गर्दछौ तब जीवन को अर्थ नै ...
22/09/2026

Keeping the gift (उपहार लाई राखी राख्नु)
"जब हामी आफुलाई यो (सुधार) उपहार को लागि खुला गर्ने गर्दछौ तब जीवन को अर्थ नै बदलिने गर्दछ।"
Basic Text, p. 107
~~~~~~~~~~~~~~~~~
आफ्नो सुधार कार्यक्रम को उपेक्षा गर्नु भनेको कुनै अन्य उपहार को उपेक्षा गर्नु हो जुन हामीलाई दिएको हुन्छ। मानौ, तपाईंलाई कसैले नयाँ गाडी उपहार मा दिएको छ। तब तपाईं यसलाई ग्यारेज मा त्यतिकै राखी राख्नु हुन्छ जब सम्म यो बिग्रेर जादैन ? अथवा यसको नियमित हेरचाह नगरिकन तब सम्म चलाई रहनु हुन्छ जब सम्म बिग्रदैन ? पक्का होइन! तपाईं यो मुल्यवान उपहार को स्याहार गर्न को लागि धेरै कुरा गर्नु हुन्छ।
सुधार पनि एक प्रकारको उपहार हो र यसको हामीले स्याहार सुसार गर्ने गर्नु पर्दछ। यदी यसलाई हामी सधैं आफु सँग राखी राख्न चाहन्छौ भने। हाम्रो सुधार कुनै ग्यारेन्टि को साथ आउने गर्दैन। यसलाई नियमित दैनिक स्याहार सुसार को आवश्यकता पर्ने गर्दछ। यो स्याहार सुसार मा नियमित बैठक मा उपस्थिती, अन्य सेवा हरु पर्ने गर्दछ। हामीलाई अब केही दैनिक सरसफाइ गर्नु पर्ने हुन्छ। हाम्रो दशौ पाइला मा कार्य त गर्नै पर्ने हुन्छ र कहिले काही फेरी एकपटक ब्यापक रुपमा चौथो पाइला लाई दोहराउन आवश्यक हुने गर्दछ। यदी हामी सुधार को उपहार लाई बनाइ राख्दछौ र यो उपलब्ध गराउने ईश्वर प्रत्येक दिन धन्यवाद दिने गर्छौ भने यो निरन्तर हामी सँग रही रहने छ।
सुधार को उपहार एक एउटा एस्तो बस्तु हो जुन अरु सँग बाडेर मात्र बढने गर्दछ। जब सम्म हामी यसलाई अरुलाई दिदैनौ तब सम्म हामी यसलाई आफु सँग राख्न सक्तैनौ। आफ्नो सुधार लाई अन्य सँग बाडेर मात्र यो हाम्रो लागि अझै मुल्यवान हुने गर्दछ।
~~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र- मेरो सुधार मेरो लागि उपहार हो। म यसलाई राखी राख्न चाहन्छु। म यसको स्याहार सुसार गर्ने छु र आफ्नो सुधार लाई अरु सँग बाडने छु।

Prayer (प्रार्थना)
21/09/2026

Prayer (प्रार्थना)

प्रार्थना (Prayer)
21/09/2026

प्रार्थना (Prayer)

21/09/2026

just for today = 21 sept 2026 - Prayer (प्रार्थना)
आजको निम्ती मात्र- मैले बुझेको छु कि प्रार्थना सरल हुन सक्दछ। म जहाँ छु त्यही बाट सुरु गर्ने छु र प्रार्थना को अभ्यास गर्ने छु।


source : Nishul Sunil Prajapati
Pasa Recovery Nepal

Prayer (प्रार्थना) "प्रार्थना को लागि अभ्यास को आवश्यकता पर्दछ र हामीले आँफैलाई यो स्मरण गराइ राख्नु पर्दछ कि कुशल व्यक्...
21/09/2026

Prayer (प्रार्थना)
"प्रार्थना को लागि अभ्यास को आवश्यकता पर्दछ र हामीले आँफैलाई यो स्मरण गराइ राख्नु पर्दछ कि कुशल व्यक्ती हरु कुशलता सहित जन्मने गर्दैनन।"
Basic Text, p. 46
~~~~~~~~~~~~~~~~
हामी मध्ये धेरै प्रार्थना को कुनै पनि अनुभव बिना सुधारमा आएका थियौ र धेरै चिन्तित थियौ, किनकी हामीलाई सहि शब्द को ज्ञान नै थिएन। हामी मध्ये केहीलाई प्रार्थना को त्यो बोल याद थियो जुन पहिला हामीले हामी बाल्य काल मा सिकेका थियौ; तर अब हामी आश्वस्त छैनौ कि हामी हाल पनि त्यो शब्द मा विश्वास गर्दछौ। हाम्रो कुनै पनि पृष्‍ठभुमी किन नहोस्, यहाँ सुधार को समयमा हामीले प्रार्थना को त्यो शब्द लाई खोज्न को लागि धेरै प्रयतन गर्यौ जुन सिधा हाम्रो हृदय बाट निस्कने गर्दथ्यो।
प्राय हाम्रो पहिलो प्रार्थना मा आफ्नो ऊच्च शक्ति लाई यो सामान्य अनुरोध गरिरहेका हुन्छौ कि हरेक दिन स्वच्छ रहन को लागि हाम्रो मद्घत गरोस। हामी मार्गदर्शन र साहस को लागि प्रार्थना गर्न सक्दछौ वा केवल आफ्नो लागि ईश्वर को इच्छा को जानकारी र त्यसलाई पुरा गर्न को लागि शक्ति को लागि प्रार्थना गर्न सक्दछौ। यदी कहिले काही हामी आफ्नो प्रार्थना मा लडखडायेको पाउदछौ तब हामी हाम्रो अन्य सदस्य हरुलाई सोध्ने गर्दछ कि उनिहरुले प्रार्थना गर्न कसरी सिक्यो। यो कुरा ले केही फरक ल्याउने गर्दैन कि हामी आवश्यक परेको बेलामा प्रार्थना गरौ या खुशी को समयमा, महत्वपूर्ण कुरा यो छ कि हामीले प्रार्थना गरी रहनु पर्दछ।
हाम्रो प्रार्थना को स्वरुप बार्हौ पाइला कार्यक्रम को साथ आफ्नो अनुभव र ऊच्च शक्ति प्रती को आफ्नो व्यक्तिगत बुझाई को आधार म तय हुने गर्दछ। जसो जसो ऊच्च शक्ति सँग को हाम्रो सम्बन्ध विकसित हुँदै जाने गर्दछ त्यसरी नै हामी हाम्रो प्रार्थना प्रती सहज हुँदै जाने गर्दछौ। समय को साथ साथ प्रार्थना हाम्रो लागि शक्ति र सुख को श्रोत बन्ने गर्दछ। र सधैं हामी त्यो श्रोत लाई इच्छुकता देखाएर खोज्ने गर्दछौ।
~~~~~~~~~~~~~~~~
आजको निम्ती मात्र- मैले बुझेको छु कि प्रार्थना सरल हुन सक्दछ। म जहाँ छु त्यही बाट सुरु गर्ने छु र प्रार्थना को अभ्यास गर्ने छु।

परिवर्तन गर्ने साहस (Courage to change)
20/09/2026

परिवर्तन गर्ने साहस (Courage to change)

Courage to change (परिवर्तन गर्ने साहस)
20/09/2026

Courage to change (परिवर्तन गर्ने साहस)

Address

Bhaktapur
Bhaktapur

Telephone

+9779708575659

Website

Alerts

Be the first to know and let us send you an email when Pasa Recovery Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share