02/05/2026
भूमेथान परिसर संरक्षण र व्यवस्थापन गर्न आर्थिक सहयोग संकलनको लागि हार्दिक अनुरोध !
स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण बाँदुकबासी
दाजुभाई तथा दिदीबहिनीहरु !
हाम्रो मणि भूमेथान परिसरको मुख्य स्थानमा स्वर्गीय शिवलाल पुर्जाको स्मृतिमा श्रीमती लक्ष्मी देबी पुर्जा ज्युले प्रवेश द्वार सहित व्यवस्थित तारजाली गरिदिनु भएको छ। त्यस्तै समाजसेवी दुत बहादुर गर्बुजा ज्युको परिवार बाट भूमेथान अगाडी पक्कि ढलान र कोरिपुजा दरदेवताहरुको लागि पक्कि शिलालेख बनाईदिनु भएको छ। वहाहरु सबैमा समितिको तर्फ देखि हार्दिक धन्यबाद ब्यक्त गर्दछौ। समयको आवस्यकता संगै संरक्षण र व्यवस्थापनको लागि अझै धेरै निम्न कार्यहरु गर्नु पर्ने भएकोले आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ।
१. अहिले सम्म भूमेपुजाको सर सामानहरु सबैको घर घरमा राख्ने गरिन्छ। पुजाको लागि जाड पनि घरमै राख्ने गरिन्छा। यसो गर्दा कहिले काही जुठो वा मुर्मी पर्ने र अव्यवस्थित हुने भएकोले भूमेथान परिसर भित्र दुईकोठे भवन बनाएर पुजाको सर सामान त्यहि राख्ने र पुजाको लागि जाड पनि त्यहि राख्ने गर्दा राम्रो हुने देखिएकोले सानो दुईकोठे भवन बनाउने।
२. भुमेथान संगै रहेका अन्य सबै मन्दिरहरु पनि भित्र पर्ने गरि तारजाली लगाउने।
३. पानि परेपनि घाम लागे पनि असर नहुने तरिकाले भोजभतेरको लागि र नौमती बाजो टोलीको लागि व्यवस्थित पक्कि टहरा बनाउने।
४. बिजुली, पानि व्यवस्थापन लगायत राँगो पाठा पोल्ने व्यवस्थित ठाउ बनाउने।
माथि उल्लेखित बिषयहरु प्राथमिकता अनुसार निर्माण सुरु गरिनेछ र यहाहरुले सहयोग गर्नु भएको रकम अनुसार अन्य कामहरुको पनि निर्माण गर्दै जानेछौ। जसले जति सक्नु हुन्छ त्यतिनै तर सबैको सहयोग बाट काम गर्दा सबैको अपनत्व पनि हुने हाम्रो मणि भूमेको नाममा सबैको ईच्च्छुक दान पनि हुने भएकोले यो संयुक्त अभियान गरिएको छ। आफ्नो गाउँ प्रतिको माया राखेर सबैले विभिन्न सहयोगहरु गर्दै आईरहनु भएको छ र यो अभियानमा पनि सबैको सहयोग प्राप्त हुनेछ भन्ने आशा र बिस्वास राखेको छौ। यो अभियानमा तपाइहरुले गर्नु भएको सहयोगलाई पारदर्शी तरिकाले सदुपयोग गरिनेछ र सके सम्म शिलालेखमा पनि राख्ने छौ। धन्यबाद।
सहयोग संकलन अभियानको लागि सम्पर्क :
वडा सदस्य : भक्त बहादुर पुन बाँदुक Tel. 9847611756
अभियान संयोजन : अर्जुन तिलिजा, यु.के. Tel. oo447824305645
चुक बहादुर सेर्पुजा, बाँदुक Tel. 9748763844
बेग बहादुर पुर्जा, तिप्ल्याङ्ग Tel.9846582170
दुत बहादुर गर्बुजा, पोखरा Tel. 9846440275
राम प्रसाद तिलिजा, पोखरा Tel. 9846109688
देम बहादुर सेर्पुजा अर्घौ, पोखरा Tel.9817172390
राम बहादुर तिलिजा, यु.के. Tel. 00447455089654
अन्य देशमा रहनु हुनेहरुले गाउँ वा पोखराका सम्पर्क प्रतिनिधिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ।
Bank Details:
Name : Lokendra Garbuja
A/C NO. 04807010054603
Bank : Global IME Bank