02/06/2026
आज मिति २०८३/०२/१९ गते मंगलबारको दिन लायन्स क्लब अफ काभ्रे फुल्चोकीको नियमित बैठक बनेश्वरस्थित A One Café मा सफलतापूर्वक सम्पन्न भएकोछ।👏🍀
बैठकमा आगामी लायन वर्षका कार्यक्रम, लक्ष्य तथा कार्ययोजनामाथि छलफल गर्नुका साथै विगत वर्षका गतिविधि, उपलब्धि तथा सिकाइहरूको समीक्षा गरिएको थियो। यस प्रकारको रचनात्मक छलफलले क्लबलाई अझ प्रभावकारी, सक्रिय तथा सेवामुखी बनाउने विश्वास लिएका छौं।🙏⭐️
साथै लायन वर्ष २०२६–२७ का योजना तथा कार्यक्रमहरूबारे बहुमूल्य मार्गदर्शन, अनुभव र सुझाव प्रदान गर्नुभएकोमा चार्टर अध्यक्ष लायन चन्द्र प्रसाद हुमागाईंज्यू, मनोनित जोन चेयरपर्सन लायन दीपक लामिछानेज्यू तथा लायन वर्ष २०२५–२६ का अध्यक्ष लायन बिदुर हुमागाईंज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।👏🙏⭐️