23/04/2026
नेपाल सामुदायिक पुस्तकालय संघको संयोजनमा, केसर पुस्तकालय काठमाडौँ र प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलालीको संयुक्त आयोजनामा तथा गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानको सहयोगमा बैशाख ५-९ गते सम्पन्न “आधारभूत पुस्तकालय व्यवस्थापन तालिम” सफलतापूर्वक सम्पन्न भयो ।
सुदूरपश्चिमका २ दर्जनभन्दा बढी पुस्तकालयकर्मीहरूको सक्रिय सहभागितासहित सम्पन्न यस तालिमले पुस्तकालय सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ ।
तालिमको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टबाट र समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।