02/07/2026
🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️
अत्यन्त दुःखका साथ जानकारी गराइन्छ कि मष्टा भवानी युवा क्लब (MBYC) का सुझाव तथा सल्लाहकार, आदरणीय समाजसेवी, बुद्धिजीवी, असल व्यक्तित्व तथा मनका धनी (स्वर्गीय कमल श्याँडा ) को असामयिक तथा अकल्पनीय निधनको खबरले हामी सम्पूर्ण क्लब परिवार स्तब्ध र मर्माहत भएका छौं।
हाम्रो मष्टा भवानी युवा क्लबलाई स्थापना गर्न, दर्ता गराउन तथा संस्थालाई उचाइमा पुर्याउन उहाँले दिनुभएको अमूल्य योगदान, मार्गदर्शन र प्रेरणा सधैं स्मरणीय रहनेछ। उहाँको निष्ठा, सरलता, समाजप्रतिको समर्पण र सकारात्मक सोच हामी सबैका लागि सदैव प्रेरणाको स्रोत बनिरहनेछ।
यस दुःखद घडीमा स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने ईश्वरसँग हार्दिक प्रार्थना गर्दछौं।
ॐ शान्ति।
भावपूर्ण श्रद्धाञ्जली!
मष्टा भवानी युवा क्लब (MBYC) परिवार 🕊️