16/07/2026
श्री स्थानीय तह सबै।
विषय: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण सम्बन्धमा।
१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नु गराउनुहुन।
२. सबै लाभग्राहीहरूले आ–आफ्नो वडा कार्यालयमा (अस्थायी बसोबास रहेको वडा कार्यालयमा समेत–Biometric गरिसकेको अवस्थामा) स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गरी २०८४ असार मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित गर्नु गराउनुहुन।
३. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान (Biometric Device–Finger Print/Iris Device) मार्फत गर्नु गराउनुहुन।
४. सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय असोज मसान्तसम्म रहेको हुँदा वडा कार्यालयमा भिडभाड कम गरी नवीकरण कार्य व्यवस्थित गर्न वडा कार्यालयमार्फत आवश्यक सहजीकरण गर्नुहुन।
नोट:
१. सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ५ बमोजिम ५ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राहीमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने छैन।
२. यस उपरान्त सामाजिक सुरक्षा सम्बन्धमा पत्राचार, सम्पर्क गर्दा यस मन्त्रालयको इमेल [email protected], फोन नं. ०१–४२००२७५ मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ।