Nepalese Society Malta नेपाली समाज माल्टा

  • Home
  • Malta
  • Europe
  • Nepalese Society Malta नेपाली समाज माल्टा

Nepalese Society Malta नेपाली समाज माल्टा We strive to create an environment of unity, love, and care, ensuring the welfare and well-being of every Nepali individual.

Nepalese Society Malta (NSM) is a non-profit organization dedicated to fostering a strong, united, and thriving Nepali community in Malta.
नेपाली समाज माल्टा (NSM) माल्टामा रहेका नेपाली समुदायलाई एकताबद्ध र सशक्त बनाउन समर्पित एक गैर-नाफामूलक संस्था हो। Nepalese Society Malta (NSM): A Voice for the Nepali Community
---
Nepalese Society Malta (NSM) is a non-profit organization dedicated to fosteri

ng a strong, united, and thriving Nepali community in Malta. Based on the principles of "Selfless Social Service, Transparency, Inclusiveness, and Reliability," NSM acts as a central platform for all Nepalese nationals residing in Malta. Our primary mission is to be the collective voice for the Nepali diaspora, addressing their concerns and advocating for their rights with both the local Maltese government and relevant authorities in Nepal. Beyond advocacy, NSM is committed to preserving and promoting Nepali culture. We regularly organize a wide range of events, including:

Cultural and Traditional Events: Celebrating major Nepali festivals like Dashain, Tihar, and Lhosar. Social Activities: Hosting debates, interactive sessions, and entertainment programs to strengthen community bonds. Sports and Music: Organizing sports tournaments and musical events to promote a healthy and vibrant lifestyle. NSM also serves as a bridge between the Nepali community in Malta and our homeland. We provide financial support and donations to various social causes and individuals in Nepal. Our work also involves honoring distinguished Nepali guests and personalities visiting Malta, celebrating their achievements and contributions to our nation. By uniting all Nepalese in Malta, NSM aims to enhance the identity and pride of the Nepali diaspora, ensuring that our heritage and values are recognized and respected on the global stage.
*****
नेपाली समाज माल्टा (NSM): माल्टामा रहेका नेपालीको आवाज

नेपाली समाज माल्टा (NSM) माल्टामा रहेका नेपाली समुदायलाई एकताबद्ध र सशक्त बनाउन समर्पित एक गैर-नाफामूलक संस्था हो। “निस्वार्थ समाज सेवा, पारदर्शिता, समावेशी र विश्वसनीयता” को सिद्धान्तमा आधारित NSM, माल्टामा बस्ने सम्पूर्ण नेपालीहरूको साझा मञ्च हो।

हाम्रो मुख्य उद्देश्य यहाँ रहेका नेपालीहरूको सामूहिक आवाज बन्नु हो। हामी उनीहरूका समस्या र अधिकारका लागि माल्टा सरकार र नेपालका सम्बन्धित निकायहरूसमक्ष वकालत गर्छौं। हामी सबै नेपालीबीच एकता, प्रेम र सद्भाव कायम गर्दै उनीहरूको हित र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध छौं।

आफ्नो समुदायको वकालत गर्नुका साथै NSM नेपाली संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा पनि सक्रिय छ। हामी नियमित रूपमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्छौं, जसमा:

सांस्कृतिक तथा परम्परागत कार्यक्रम: दशैं, तिहार, ल्होसार जस्ता प्रमुख नेपाली चाडपर्वहरू मनाउने।

सामाजिक गतिविधि: समुदायको सम्बन्धलाई मजबुत बनाउन बहस, अन्तरक्रिया, र मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने।

खेलकुद र संगीत: स्वस्थ र जीवन्त जीवनशैलीलाई प्रोत्साहन गर्न खेलकुद प्रतियोगिता र सांगीतिक कार्यक्रमहरू आयोजना गर्ने।

NSM माल्टामा रहेको नेपाली समुदाय र हाम्रो मातृभूमिबीच पुलको काम पनि गर्छ। हामी नेपालमा विभिन्न सामाजिक कार्य र व्यक्तिहरूलाई आर्थिक सहयोग र चन्दा प्रदान गर्छौं। यसका साथै, माल्टा आउने विशिष्ट नेपाली पाहुनाहरूलाई सम्मान गर्ने र उनीहरूका उपलब्धिहरूको कदर गर्ने हाम्रो परम्परा हो।

माल्टामा रहेका सबै नेपालीलाई एकताबद्ध गर्दै, NSM ले नेपाली पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न र हाम्रो सम्पदा र मूल्य-मान्यतालाई विश्वसामु चिनाउन निरन्तर प्रयास गरिरहेको छ।

हार्दिक बधाई तथा शुभकामनातम्मु समाज माल्टाको तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भई निर्वाचित हुनुभएका नयाँ कार्यसमितिका ...
03/06/2026

हार्दिक बधाई तथा शुभकामना

तम्मु समाज माल्टाको तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भई निर्वाचित हुनुभएका नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई नेपाली समाज माल्टाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

नवनिर्वाचित नेतृत्वले संस्थाको गरिमा, एकता, भाषा, कला, संस्कृति तथा सामुदायिक हितका कार्यहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउँदै उल्लेखनीय सफलता हासिल गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

इन्टरनेसनल सेफ सोसाइटीको माल्टाको पहिलो अधिवेशनबाट निर्वाचित तथा चयन हुनुभएका सम्पूर्ण कार्यसमितिका पदाधिकारी एवं सदस्यह...
03/06/2026

इन्टरनेसनल सेफ सोसाइटीको माल्टाको पहिलो अधिवेशनबाट निर्वाचित तथा चयन हुनुभएका सम्पूर्ण कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली समाज माल्टा परिवारको तर्फबाट हार्दिक बधाई तथा कार्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

03/06/2026
“हामीले सञ्चालन गरेको यस अभियानमा विश्वास गरी सहयोग गर्नुहुने माल्टामा रहेका सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद...
03/06/2026

“हामीले सञ्चालन गरेको यस अभियानमा विश्वास गरी सहयोग गर्नुहुने माल्टामा रहेका सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा गर्दछौं।”

आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धि कायम रहोस्।तपाईं...
16/05/2026

आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂
जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धि कायम रहोस्।
तपाईंको हरेक पाइला उज्यालो भविष्यतर्फ अघि बढिरहोस्।
दीर्घायु तथा सुखद जीवनको हार्दिक शुभकामना!

नेपाली समाज माल्टाका पूर्व अध्यक्षज्यूलाई आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂जीवनमा सधैं सुख, शान्ति, सुस...
15/05/2026

नेपाली समाज माल्टाका पूर्व अध्यक्षज्यूलाई आज पर्न गएको जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉🎂
जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धि कायम रहोस्।
तपाईंको हरेक पाइला उज्यालो भविष्यतर्फ
अघि बढिरहोस्।
दीर्घायु तथा सुखद जीवनको हार्दिक शुभकामना!

थारु समाजको स्थापना र यसको पवित्र उद्देश्यप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु। 🌿विदेशमा रहेर पनि आफ्नो संस्कृति, संस्का...
13/05/2026

थारु समाजको स्थापना र यसको पवित्र उद्देश्यप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु। 🌿

विदेशमा रहेर पनि आफ्नो संस्कृति, संस्कार, भाषा र पहिचानलाई जोगाइराख्ने यो प्रयास वास्तवमै प्रशंसनीय छ। एकता, माया, सहयोग र अपनत्वको भावनाले सबैलाई परिवारझैँ जोड्ने यस्तो समाजले आगामी दिनहरूमा अझ सशक्त र उदाहरणीय यात्रा तय गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

कसैलाई दुःख, अप्ठ्यारो वा समस्या पर्दा निस्वार्थ रूपमा साथ दिने भावना नै समाजको वास्तविक शक्ति हो। यही भावना सधैं जीवित रहोस्।

थारु समाज निरन्तर प्रगति, सम्मान र सफलताको शिखरतर्फ अघि बढिरहोस् भन्ने हार्दिक शुभकामना।

Address

Europe
Europe

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Society Malta नेपाली समाज माल्टा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share