गोलोव गाईज द.कोरिया

Call Contact the organization

गोलोव गाईज द.कोरिया Health, Education and social work purpose.

|| बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना||देश तथा विदेशमा रहनुहुने सम्पूर्ण गोलोव गोलोम तथा आफन्तजनहरुमा नेपाली महान ...
13/10/2026

|| बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना||
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण गोलोव गोलोम तथा आफन्तजनहरुमा नेपाली महान चार्ड
बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्न चाहन्छौं ।
-गोलोव गाईज द.कोरिया परिवार

🕯️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕯️“तपाईहरूको सम्झना सधै हाम्रो हृदयमा जीवित रहनेछ।”गोलोव गाइज दक्षिण कोरियाका सक्रिय...
01/10/2026

🕯️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕯️

“तपाईहरूको सम्झना सधै हाम्रो हृदयमा जीवित रहनेछ।”

गोलोव गाइज दक्षिण कोरियाका सक्रिय सदस्य श्री निमा छिरिङ नुप्पाको आदरणीय दाजु श्री पासाङ भोटे र हाम्रो अभिभावक भोटखोला पाङ्दोकका श्री छेबी भोटेको मिति २०८३ असोज ११ गते हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी असामयिक स्वर्गारोहण भएको तथा गोलोव गाइज दक्षिण कोरियाका कार्यसमिति सचिव श्री शुसिल थिकेपाको आदरणीय पिता श्री छेदर भोटे को मिति २०८३ असोज १३ गते भएको दुःखद निधनको खबरले हामी सम्पूर्ण गोलोव गाइज परिवार स्तब्ध एवं मर्माहत भएका छौँ।

यस दुःखद घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

यो असह्य पीडालाई सहन गर्ने धैर्य, शक्ति र साहस भगवानले सम्पूर्ण शोकाकुल परिवारलाई प्रदान गरून् भन्ने हार्दिक प्रार्थना गर्दछौँ।

दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै उहाँहरूले छोडेर जानुभएको सम्झना सधैँ हाम्रो हृदयमा जीवित रहनेछ।

🙏 गोलोव गाइज दक्षिण कोरिया परिवार 🙏

सेप्टेम्बर २६ तारिख गोलोव गाइजद्वारा आयोजित विशेष स्वागत तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा संस्थाम...
27/09/2026

सेप्टेम्बर २६ तारिख गोलोव गाइजद्वारा आयोजित विशेष स्वागत तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा संस्थामा नयाँ सदस्यका रूपमा आबद्ध हुनुभएका
श्री पासाङ छिरिङ थिकेपा
ज्यूलाई सफल कार्यकालको शुभकामना सहित संस्थामा हार्दिक स्वागत गरिएको थियो।
त्यसैगरी, कर्मभूमि दक्षिण कोरियामा आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी केही दिनमै जन्मभूमि नेपालतर्फ प्रस्थान गर्न लाग्नुभएका निवर्तमान वरिष्ठ उपाध्क्ष
श्री तेन्बा थिकेपा ज्यू
र वर्तमान सह–सचिव श्री छिङ्द नुप्पा ज्यूलाई संस्थाले सम्मानसहित बिदाइ गरेको थियो। त्यसैगरी, संस्थाको दुई कार्यकाल अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाली संस्थालाई आजसम्म सफलतापूर्वक डोर्‍याउनुभएका निवर्तमान अध्यक्ष श्री मिक्मा रिदार थिकेपाज्यूको योगदानको उच्च कदर गर्दै संस्थाले उहाँलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा स.स. परिवार दक्षिण कोरियाका अध्यक्ष श्री जम्लिङ थिकेपाज्यू, विशिष्ट अतिथिका रूपमा स.स. परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष श्री पासाङ डी. शेर्पाज्यू तथा सभाध्यक्ष श्री आन्द्रियास सेक्नेपेदेन लगायत गोलोव गोलोम सदस्यहरूको गरिमामय उपस्थिति रहेको थियो।कार्यक्रमले संस्थामा नयाँ सदस्यलाई स्वागत गर्नुका साथै संस्थामा योगदान पुर्‍याउनुभएका सदस्यहरूको सम्मान गर्दै आपसी एकता, सहकार्य र आत्मीयतालाई अझ मजबुत बनाएको छ।

26/09/2026

Address

Seoul

Telephone

+821059492593

Website

Alerts

Be the first to know and let us send you an email when गोलोव गाईज द.कोरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गोलोव गाईज द.कोरिया:

Shortcuts

Share