सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया

  • Home
  • South Korea
  • Gunpo
  • सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया

सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया, 경기도 안산시 단원구 원곡공원로 14-1, Gunpo.

"राष्ट्रियता, कला र संस्कृति हाम्रो शान-एकताबद्ध नेपाली समाज हाम्रो पहिचान" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको  नेपा...
14/03/2026

"राष्ट्रियता, कला र संस्कृति हाम्रो शान-एकताबद्ध नेपाली समाज हाम्रो पहिचान" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १९औं अधिवेशन आगामी १५ मार्च, २०२६ का दिन सियोलमा भव्य रूपमा आयोजना हुने सम्पुर्णमा जानकारी गराउदछौ ।

• मिति: १५ मार्च, २०२६ (आइतबार)

• समय: बिहान ११:०० बजेदेखि

• स्थान: सेमाउल बैंक, सौल।
थप जानकारी को लागि =नेपाली सम्पर्क समिति

हार्दिक निमन्त्रणा 🙏🙏🙏
28/02/2026

हार्दिक निमन्त्रणा 🙏🙏🙏

रंगसँगै रमाऔं, एकता र सद्भाव बढाऔं – 안산 होली महोत्सव २०२६ भव्य बनाऔं! 🌈  안산 होली महोत्सव–२०२६  안산 색복 축제–2026 🌈नेपाली कला...
23/02/2026

रंगसँगै रमाऔं, एकता र सद्भाव बढाऔं – 안산 होली महोत्सव २०२६ भव्य बनाऔं!

🌈 안산 होली महोत्सव–२०२६
안산 색복 축제–2026 🌈

नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सनातन साहित्य, सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरिया को प्रमुख आयोजना तथा मधेशि समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सह-आयोजनामा सम्पन्न हुन गैरहेको भव्य होली विशेष सांस्कृतिक कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं 🙏

✨ विशेष आकर्षणहरू:
दक्षिण कोरियामा सक्रिय एवं चर्चित कलाकारहरूको बेजोड प्रस्तुति
🎤 गायन
💃 नृत्य
🥁 होली विशेष सुदूरपश्चिमेली देउडा नृत्य

🍽 साथै कार्यक्रममा नेपाली मौलिक परिकार
👉 सेल रोटी
👉 पानीपुरी
👉 चटपटे
को विशेष व्यवस्था गरिएको छ।

🎨 होली खेल्नका लागि आवश्यक रंग तथा टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेछ।

सांगीतिक प्रस्तुति, मनोरञ्जन र आत्मीय भेटघाटको यस सुनौलो अवसरलाई सदुपयोग गर्दै संस्कृति संरक्षणमा टेवा पुर्याउनु हुन दक्षिण कोरियावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: १ मार्च २०२६, आइतबार
🕚 समय: बिहान ११:३० बजे देखि
📍 स्थान: 안산시 단원구 부부로 43 (원곡동) – आनसान (Ansan Station नजिक)

हार्दिक बधाई तथा शुभकामना 🙏🕉️ थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको माघी पर्व र पाँचौ अधिबेशनबाट   निर्वाचित अध्यक्ष डा....
18/02/2026

हार्दिक बधाई तथा शुभकामना 🙏🕉️

थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको माघी पर्व र पाँचौ अधिबेशनबाट निर्वाचित अध्यक्ष डा. सुभाष चन्द्र चौधरीज्यू लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरु हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

अध्यक्ष :- डा. शुभाष चन्द्र चौधरी , सुनसरी
वरिष्ठ उपाध्यक्ष :- राम प्रकाश चौधरी , बर्दिया
उपाध्यक्ष :- श्रीकेश चौधरी , उदयपुर
उपाध्यक्ष ( महिला )- कृष्णा कुमारी चौधरी , सुनसरी
उपाध्यक्ष :- (कलाकार संयोजक)- सागर चौधरी , कैलाली
सचिव :- सुशिल चौधरी , सप्तरी
सह- सचिव :- अनिल थारू , बर्दिया
कोषाध्यक्ष :- श्रीजल चौधरी , मोरङ
सह- कोषाध्यक्ष :- मायाराम थारू ,बर्दिया

सदस्यहरू:-
लक्ष्मी चौधरी , मोरङ
सुनिता चौधरी , मोरङ
सन्जय चौधरी , सुनसरी
प्रीन्जल चौधरी - बाके
निरिता चौधरी , बाके
लक्ष्मी चौधरी , कोहलपुर
मदन चौधरी , दाङ

🙏🏻💐सम्पूर्णमा नमस्कार एवं हार्दिक निमन्त्रणा 🙏💐रङ्गहरुको पर्व फागु पुर्णिमा अर्थात होलीलाई प्रवासमा समेत परिचित गराउने उ...
17/02/2026

🙏🏻💐सम्पूर्णमा नमस्कार एवं हार्दिक निमन्त्रणा 🙏💐
रङ्गहरुको पर्व फागु पुर्णिमा अर्थात होलीलाई प्रवासमा समेत परिचित गराउने उद्देश्यका साथ “सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स)दक्षिण कोरियाको प्रमुख आयोजना तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आउँदो March 01 तारीख आईतबारका दिन विविध सास्कृतिक कार्यक्रमका साथ "안산 होली महोत्सव 2026" कार्यक्रम गर्न लागिएको सहर्ष जानकारी गराउन चाहान्छौँ ।

उक्त कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपाली समुदायहरुमा उपस्थिति भई भरपूर मनोरञ्जन लिनुका साथै संस्कृति प्रवर्द्धनमा पनि टेवा पूर्याईदिनुहुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

📌 होली कार्यक्रमः
📅 मिति: २०२६/०३/०१ आईतबार
⏰ समय : बिहान ११:३० बजे
📍 स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동)
आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्क
आनसान(안산) स्टेसनदेखि हिँडेर ५ मिनेटको दूरीमा

नोटः होलीको लागी आवश्यक रंग र टिसर्टहरु कार्यक्रम स्थलमै उपलब्ध हुनेछन् ।

फेब्रुअरी महिनामा नेपाल देखी नयाँ पुस्तकहरु ल्याउदै गरेको हुँदा यहाँहरुलाई पढ्न मन भयको पुस्तकहरु कमेन्ट गर्नुहुन अनुरोध...
11/02/2026

फेब्रुअरी महिनामा नेपाल देखी नयाँ पुस्तकहरु ल्याउदै गरेको हुँदा यहाँहरुलाई पढ्न मन भयको पुस्तकहरु कमेन्ट गर्नुहुन अनुरोध गर्द्छौ! साथै मेम्बरसीप लिन इक्षुकहरु ले www.5slibrary.com मा sign up गर्नुहुन र हजारौं नेपाली पुस्तकहरु पढ्ने मौका को फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्द्छौ। धन्यवाद।

सम्पूर्णमा नमस्कार एवं हार्दिक निमन्त्रणा 🙏🕉️सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन,सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मि...
05/02/2026

सम्पूर्णमा नमस्कार एवं हार्दिक निमन्त्रणा 🙏🕉️

सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन,सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्यका साथ सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाले महाशिवरात्रि पर्वको पावन अवसरमा विधिवत पूजा–अर्चना,रुद्राभिषेक,आरतीसहित भजनकीर्तन कार्यक्रमआयोजना गर्न लागिएको व्यहोरा सम्पूर्ण सनातनप्रेमी भक्तसञ्जन महानुभावहरूमा जानकारी गराउदै यस पवित्र अनुष्ठानमा उपस्थितका लागि सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

📌 कार्यक्रम विवरण
📅 मिति: सन् 2026 फेब्रुअरी 15, आइतबार
⏰ समय: बिहान 08:30 बजे देखि
📍 स्थान: सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय, आन्सान
(경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3)

नोट :- शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रुपमा सहभागि हुन इच्छुक महानुभावहरु बिहान उपस्थित भई कर्ताको रुपमा सहभागि हुन पनि सक्नुहुने छ । 🕉️🙏🏻

ॐनम:पार्वती पतये,हर-हर महादेव 🙏🏻🕉️

01/02/2026

पाँच-स दक्षिण कोरियाले श्री स्वस्थानी व्रत कथा(साङ्गेता) आनसान नेपाली पुस्तकालय तथा साझा मन्दिरमा सम्पन्न गरेको छ! व्रत बस्नुभयका दिदिबहिनिहरुको उपस्थिती एवं कार्यसमितिका पदाधिकारीज्युहरुको सक्रियतामा दिव्य प्रसाद ग्रहन तथा यो वर्षको श्री स्वस्थानी मा भजन किर्तन गरियो। अति दिव्य!! 😍

दक्षिण कोरियामा रहनुहुने समस्त सनातनी धर्मावलम्बीलाई यस पवित्र अनुष्ठानमा सहभागी भई श्री स्वस्थानी माताको प्रसाद ग्रहण स...
30/01/2026

दक्षिण कोरियामा रहनुहुने समस्त सनातनी धर्मावलम्बीलाई यस पवित्र अनुष्ठानमा सहभागी भई श्री स्वस्थानी माताको प्रसाद ग्रहण सँगै पुण्यलाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।

मिति : २०२६/०२/०१ आइतवार
समय: बिहान बिहा ८:३० बजे देखि
स्थान: आन्सान नेपाली पुस्तकालय तथा साँस्कृतिक घर (साझा मन्दिर)
경기도 안산시 단원구 원곡동 741-3

Address

경기도 안산시 단원구 원곡공원로 14-1
Gunpo
08210

Telephone

+9779842276464

Website

Alerts

Be the first to know and let us send you an email when सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सनातन साहित्य सङ्गीत साधना समूह पाँच-स द. कोरिया:

Share