11/05/2026
हार्दिक निमन्त्रणा | हार्दिक निमन्त्रणा | | हार्दिक निमन्त्रणा | ||
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाद्वारा आयोजना गरिएको पहिलो नेपाल फेस्टिवल २०२४ ऐतिहासिक रूपमा सफल भएको कुरा हामी सबैमा सर्वविदित नै छ। उक्त सफलतापछि, पुनः अझ भव्य रूपमा दोस्रो नेपाल फेस्टिवल २०२६ आयोजना गर्ने तयारी गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ। यस फेस्टिवलको मुख्य उद्देश्य जापानमा जन्मिएर हुर्किंदै गरेका नयाँ पुस्तालाई नेपाली कला, संस्कृति, भाषा तथा परम्परासँग जोड्नुका साथै नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु हो।
यसै सन्दर्भमा आयोजना गरिने
1. घोषणा सभा
2. मूल आयोजक समिति गठन कार्यक्रम
3. NRNA ICC पदाधिकारीज्यूहरूलाई स्वागत तथा बधाई कार्यक्रम
मा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏❤️
कार्यक्रम विवरण
मिति: २०२६/०५/१६ (शनिबार)
समय: दिउँसो २:३० बजेबाट
स्थान: ICHIKAWA GRAND HOTEL
〒272-0034 千葉県市川市市川1-3-18-6F
JR Ichikawa Station बाट 1 मिनेट पैदल
यहाँहरूको गरिमामय उपस्थिति, अमूल्य सुझाव तथा सक्रिय सहभागिताको हार्दिक अपेक्षा गर्दछौँ।
NRNA CHIBA परिवार