News42

News42 News Page

दार्जीलिङ्ग पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाडमा आउनु भएको Interlocutor श्री पंकज कुमार सिं...
10/06/2026

दार्जीलिङ्ग पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाडमा आउनु भएको Interlocutor श्री पंकज कुमार सिंह ज्युको निमन्त्रणामा मैले आज उनलाई भेट गरे। हाम्रो भेटघाट आर आर ब्लक स्थित तक्दाह फरेस्ट गेस्ट हाउसमा सम्पन्न भयो। मेरो भेटघाट जीटीएको प्रमुख कार्यपालको हैसियतमा भएको थियो।

45 मिनेटको वैठकमा हामीले पहाडको स्थायी राजनीति समाधान माथि चर्चा गर्यौ।

आजको बैठक सौहार्द पूर्ण रहेको छ।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

विधायक विशाल लामा पश्चिम बंगाल सरकारको अल्पसंख्यक मामिला, गृह र पहाडी मामिला तथा मदरसा शिक्षा बिभागको रज्यमन्त्रीको रूपम...
10/06/2026

विधायक विशाल लामा पश्चिम बंगाल सरकारको अल्पसंख्यक मामिला, गृह र पहाडी मामिला तथा मदरसा शिक्षा बिभागको रज्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ।

पश्चिम बङ्गालको मुख्यमन्त्री शुभेन्दु अधिकारी 16 जुनको दिन पहिलो पल्ट पहाड आउँने भएका छन्।
09/06/2026

पश्चिम बङ्गालको मुख्यमन्त्री शुभेन्दु अधिकारी 16 जुनको दिन पहिलो पल्ट पहाड आउँने भएका छन्।

रेलिवारीको सुदूर क्षेत्रबाट उठेर आफ्नो अथक परिश्रम, समर्पण तथा उल्लेखनीय योगदानद्वारा भारत सरकारद्वारा प्रदान गरिने प्रत...
09/06/2026

रेलिवारीको सुदूर क्षेत्रबाट उठेर आफ्नो अथक परिश्रम, समर्पण तथा उल्लेखनीय योगदानद्वारा भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित Padma Shri पुरस्कारबाट सम्मानित श्रद्धेय डा. जी.एस. योनजनज्यूको सम्मानमा १३ जुन २०२६ का दिन सिन्जीस्थित शंकर हायर सेकेन्ड्री स्कूलको सभाहलमा नागरिक अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।

यो केवल एक व्यक्तिको सम्मान मात्र नभई सम्पूर्ण रेलिवारी क्षेत्र तथा गोर्खा समुदायको गौरव र खुसीको क्षण पनि हो।

यदि यस ऐतिहासिक उपलब्धिले तपाईंलाई पनि गर्वान्वित महसुस गराएको छ, रेलिवारी क्षेत्रको यस खुसीमा आफूलाई पनि सहभागी बनाउन चाहनुहुन्छ, र गोर्खा समाजको यस गौरवमय क्षणलाई आफ्नो खुसीका रूपमा अनुभूति गर्नुहुन्छ भने, यो कार्यक्रम तपाईंको लागि नै हो। यहाँको सम्माननीय उपस्थितिका लागि हार्दिक निमन्त्रणा व्यक्त गर्दछौँ।

हिज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा का अदक्ष अनित थापा लगायत क्षेत्रिय सभासद कोे उपस्थितिमा मङपु लाब्दा समष्टि अन्तर...
08/06/2026

हिज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा का अदक्ष अनित थापा लगायत क्षेत्रिय सभासद कोे उपस्थितिमा मङपु लाब्दा समष्टि अन्तर्गतका विभिन्न प्रतिनिधि अनि नेतृत्वहरूसँग आगामी दिनको पार्टीको कार्यक्रमहरू माथि विचार विमर्श गर्न भेटघाट गरेका छन्।

भुटान केन्द्रविन्दु भएर गएराति भारतीय समयअनुसार 11 बजेर 6 मिनेटमा भुकम्प गएको छ। पुनाखा नजिकै 5.6 रेक्टरस्केलको भूकम्प ग...
08/06/2026

भुटान केन्द्रविन्दु भएर गएराति भारतीय समयअनुसार 11 बजेर 6 मिनेटमा भुकम्प गएको छ।
पुनाखा नजिकै 5.6 रेक्टरस्केलको भूकम्प गएपछि यता कालेबुङ, सिलिगुडी, दार्जिलिङ सिक्किम र आसपासका क्षेत्रमा ठुलो कम्पन महसुस गरियो।
भुटानको पुनाखाबाट 5 किलोमिटर टाढा तथा जमिनमुनि 10 किलोमीटर गहिरो केन्द्र रहेको भूकम्पको धक्का बंगलादेश, नेपाल, भारत, भुटान र चीनसम्म महसुस गरिएको छ।

Agnimitra Paul की चेतावनी: 5 सितंबर से सड़क पर कचरा फेंका, गुटखा थूका या सिंगल यूज़ प्लास्टिक इस्तेमाल किया तो भरना पड़े...
07/06/2026

Agnimitra Paul की चेतावनी: 5 सितंबर से सड़क पर कचरा फेंका, गुटखा थूका या सिंगल यूज़ प्लास्टिक इस्तेमाल किया तो भरना पड़ेगा जुर्माना!

टिस्टामा खसेर बेपत्ता भएको गाडी भेटियो।‌टिस्टा नदीमा खसेको आशंका गरिएको ब्ल्याक टाटा नेक्सन वाहन भेटिएको छ। सुक्रबार देख...
07/06/2026

टिस्टामा खसेर बेपत्ता भएको गाडी भेटियो।‌
टिस्टा नदीमा खसेको आशंका गरिएको ब्ल्याक टाटा नेक्सन वाहन भेटिएको छ। सुक्रबार देखि बेपत्ता सिक्किमको एकै परिवारका चार सदस्य सवार सोही वाहन टिस्टा नदीको करिब 200 फीट गहिराइमा फेला परेको बताइएको छ। गान्तोकबाट सिलिगुडी जाँदै गर्दा राष्ट्रिय राजमार्ग–10 अन्तर्गत सेवक र बाघपुलबीचको भेलबाडी क्षेत्रमा अचानक पहिरो र लेदो सडकमा झरेपछि गाडी टिस्टामा झरेको अनुमान गरिएको थियो। NDRF ले टिस्टा नदीमा व्यापक खोजी अभियान चलाएको थियो। खोजीका क्रममा पानीको दुई सय फीट मुनि गाडी रहेको पत्तो लागेको हो।

धेरै वर्षदेखि रिक्त रहेका पञ्चायत विभागका पदहरूका लागि भर्ती प्रक्रिया अन्ततः सुरु गरिएको छ।
06/06/2026

धेरै वर्षदेखि रिक्त रहेका पञ्चायत विभागका पदहरूका लागि भर्ती प्रक्रिया अन्ततः सुरु गरिएको छ।

सामसिङ्ग–कुमाई क्षेत्रका जनसमस्याबारे विधायक भरत क्षेत्रीलाई ज्ञापनपत्र बुझाइयोकुमाई, ६ जुन : सामसिङ्ग–कुमाई मण्डल–१४ का...
06/06/2026

सामसिङ्ग–कुमाई क्षेत्रका जनसमस्याबारे विधायक भरत क्षेत्रीलाई ज्ञापनपत्र बुझाइयो
कुमाई, ६ जुन : सामसिङ्ग–कुमाई मण्डल–१४ का प्रतिनिधिहरूले नव निर्वाचित विधायक भरत क्षेत्रीसँग शिष्टाचार भेटघाट गर्दै क्षेत्रका विभिन्न जनसरोकारका समस्याहरू समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा सामसिङ्ग–कुमाई क्षेत्रको समग्र विकास तथा आधारभूत सेवा विस्तारसँग सम्बन्धित महत्वपूर्ण मागहरू समावेश गरिएको छ। प्रमुख मागहरूमध्ये सामसिङ्ग–कुमाई मण्डल–१४ मा प्राथमिक स्वास्थ्य केन्द्र (PHC) स्थापना, सामसिङ्ग खास जुनियर बेसिक स्कूल–सामसिङ्गफारीलाई कक्षा १० सम्म स्तरोन्नति, तथा कुमाई क्षेत्रमा प्रहरी थाना स्थापना रहेका छन्।
त्यसैगरी, कुमाईका लागि छुट्टै पिन कोड र हुलाक कार्यालयको व्यवस्था, चिया श्रमिकहरूको न्यूनतम ज्याला सुनिश्चित गर्ने, तथा वन अधिकार ऐन–२००६ अन्तर्गत भूमि स्वामित्व अधिकारसम्बन्धी विषयलाई पश्चिम बंगाल विधानसभामा उठान गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
स्थानीयवासीहरूको आवागमनलाई सहज बनाउन कुमाईदेखि सिलिगुडीसम्म सरकारी बस सेवा सञ्चालन गर्नुपर्ने माग पनि राखिएको छ।

ज्ञापनपत्र बुझाउने पक्षले विधायक भरत क्षेत्रीले जनहितसँग जोडिएका यी विषयहरूलाई प्राथमिकताका साथ सम्बन्धित निकायसमक्ष पुर्‍याई आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, सामसिङ्ग–कुमाई क्षेत्रको विकास, आधारभूत सेवा विस्तार र जनअधिकार सुनिश्चित गर्न आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।

Address

Kalimpong

Telephone

+916296289746

Website

Alerts

Be the first to know and let us send you an email when News42 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share