22/08/2025
अखिल असम गोर्खा छात्र सँघ डिमाकुचि आञ्चलिक समितिको उपस्थितिमा आज अंग्रेजी 22/08/2025 तारिख अखिल असम गोर्खा छात्र सँघ डिमाकुचि महाविद्यालय एकाईको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाको प्रस्ताव अनुसार पुरानो समिति विघटन गरी नवगठित समितिको पदमा रहनु हुने उद्यामान युवा श्रीमान कर्ण प्रधान सभापति तथा श्रीमान विशाल अधिकारी मूल सचिव लगायत जम्मै पदवीहरुलाई लिएर एउटा दर्बिलो समिति गठन गरिएको छ।
आउँदो दिनहरूमा डिमाकुचि कलेज एकाईले छात्र संघको हरेक दयित्य र कर्तव्य निष्ठापूर्वक पालन गर्नेछन् । उक्त समितिको सभापति र मुल-सचिव लगायत जम्मै पदवीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ।
जय गोर्खा
✊
AAGSU Dimakuchi College Unit