15/04/2024
संस्कार-संस्कृति जोगाउने नाममा मनोरञ्जनमा यतिसम्म चर्लुम्म डुब्न पनि भएन कि दलदलबाट निस्कनै नसकूँ| यस्ता कार्यक्रम र सृजनाहरू हेर्दा-देख्दामा जागरणको खोल ओढेका भएपनि सारमा प्राय: नाफा (economic interest) का लागि गरिएका हुन्छन्| प्रोत्साहन दिऊँ तर लतमा नपरूँ|
त्यस्तै, संस्कार-संस्कृति जोगाउने नाममा ज्यादा देखावटी (show off) पनि नगरूँ| पहिचान र अस्तित्व जोगाउन दौरा-सुरुवाल र गरहगना लगाउनु मात्रै भने मोन्साण्टोको बिऊ छरेर अनाज खानु जस्तै मात्रै हो| एक पटक उमारेर खानुलाई हुन्छ तर फेरि बिऊको काम गर्दैन| अस्तित्व र पहिचान जोगाउने ओर्ग्यानिक बिऊ भनेको दिमागको लडाई हो, मोंसान्टोको बिऊ होइन|
यति भनेर मलाई सम्झाइदिने मान्छे एक जना पनि भएनन् - "निहीं निवाँ मेदुमेनन् साप्ला मेन्निते "|
शब्दार्थ:
(१) Monsanto = एउटा पुरानो स्थापित वहुराष्ट्रिय कम्पनी जो ग्राहकहरूलाई फलफूल र खाद्य पदार्थको विकासे बिऊ बेच्दैआएको छ| मोन्साण्टोले बनाएका अन्नका बिऊहरू एक पटकलाई मात्रै काम लाग्छ| बिऊ हुँदैन| खायो सिद्दियो| मोन्साण्टोले "ग्राहकहरू सधै मेराकहाँ बिऊ किन्न आइरहुन् (अर्थात ममा भर परिरहुन् र पैसा कमाइरहूँ)" भन्ने उद्देश्यले बनाउने विकासे बिऊको उत्पादन पूँजीवादको उत्तम नमूनाहरूमध्ये एक हो|
(२) निहीं निवाँ मेदुमेनन् साप्ला मेन्निते (लिम्बू भाषा)
(शाब्दिक अर्थ literal meaning)
लेखपढ (चिन्तन-मनन) नगरी तपाईं ज्ञानी (परिपक्व) बन्नुहुन्न |
(विम्वात्मक अर्थ figurative meaning)
दिमागको लडाई नगरी (राजनीतिमा भाग नलिई), गीत गाएर, तोङ्बा खाएर, ढोल बजाएर र ढाकाको पोशाक र गरगहना लगाएर मात्रै तपाईंको पहिचान जोगिनेवाला छैन| उठ्नुस|