05/09/2026
Today, we walk with one heart, one voice, and one purpose to stand with the people of Nepal in this difficult time.
Every step we take is a message of love, hope, compassion and solidarity.
Let’s come together, walk together, and show that when we stand united, we can make a difference.
Let’s join together and walk for Nepal!
HeNN UK Charity Solidarity Walk
सबैमा नमस्कार ।
विषय: HeNN UK Charity Solidarity Walk मा ब्यक्तिगत तथा सस्थागतरूपमा सहकार्यको लागि हार्दिक अनुरोध ।
नेपालमा हालै भएको विनाशकारी बाढीपहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै Help Nepal Network UK (HeNN UK) को मुख्य आयोजनामा आगामी शनिबार, ५ सेप्टेम्बर २०२६ मा Charity Solidarity Walk आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौं।
कार्यक्रम विवरण:
मिति: शनिबार, ५ सेप्टेम्बर २०२६
भेला हुने समय: साँझ ६:०० बजे
Walk सुरु: साँझ ६:३० बजे
भेला तथा सुरूवात हुने स्थान: Danson Park Main Gate, Welling, Kent
समापन: Blackheath Park
समापनस्थलमा Battery-operated candles मात्र प्रयोग गर्नुपर्नेछ।
Real candles strictly प्रयोग गर्न मनाहि छ ।
यात्राका क्रममा torch वा mobile phone light प्रयोग गर्न सकिनेछ।
कार्यक्रमको सुरुवात Bexley Council का Mayor वा Deputy Mayor बाट गरिनेछ र Police es**rt सहित पैदल यात्रा हुनेछ।
कार्यक्रमको समापन Blackheath Park मा Candlelight Vigil तथा सामूहिक प्रार्थना सहित हुनेछ। दिवंगत आत्माहरूको चिरशान्ति तथा नेपाल र बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारहरूको सुख, शान्ति र शीघ्र पुनर्स्थापनाका लागि सामूहिक प्रार्थना गरिनेछ।
यस दुःखद घडीमा सम्पूर्ण नेपाली समुदाय एकबद्ध भएर नेपाल तथा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउन ब्यक्तिगत तथा तपाईंको संस्थाबाट प्रतिनिधिहरूसहित सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
साथै, तपाईंको संस्था पनि यस अभियानमा आबद्ध भई सहकार्य तथा सहभागिता जनाउन चाहनुहुन्छ भने कृपया हामीलाई यॅहाको संस्थाको लोगो पठाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
यस कार्यक्रमसँग हालसम्म विभिन्न नेपाली तथा समुदायका संघ संस्थाहरूले Supporting Organisations का रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ।
सहकार्य गर्ने प्रत्येक संस्थाबाट कम्तीमा कार्यसमिति सदस्यहरूको उपस्थितिका साथै आफ्नो सामाजिक सञ्जाल तथा सम्पर्कमार्फत व्यापक रूपमा कार्यक्रमको जानकारी गराई समुदायलाई सहभागी हुन प्रोत्साहित गरिदिनुहुन अनुरोध गर्दछौं।
हालसम्म सहकार्य गर्न समर्थन गर्ने संघ संस्थाहरूको नामावली:
१. Collective Hearts Foundation
२. Kutumb International Community Society (KICS)
३. Buddha Foundation UK
४. Royal Borough of Greenwich Nepalese Society (RGNS)
५. Pasa Puchah Guthi UK
६. Bexley Nepalese Society
७. Society of Nepalese Professionals UK
८. Tibetan Community in Britain
९. Nepali Youth Association
१०. Nepali Cycling Club UK
११. Gulmi Jilla Samaaj UK
१२. Jamghat Pariwar UK
१३. Nawalpur Samaj UK
१४. INAS UK
१५- NRNA UK
१६- NRNA ESCC UK
१७- East London Nepalese community
१८- Dartford Nepali Samaj UK
१९- Neplease in UK
२०- Far Western Nepali CommunityUK
यस ऐक्यबद्धता यात्रामा तपाईंहरूको सहभागिता, सहकार्य र सहयोगले विपत्तिमा परेको नेपाल तथा पीडित परिवारहरूप्रति हाम्रो सामूहिक संवेदना, सद्भाव र एकताको सन्देश अझ बलियो बनाउनेछ भन्ने विश्वास लिएका छौं।
हार्दिक धन्यवाद।
सचिन श्रेष्ठ
अध्यक्ष
हेल्प नेपाल नेटवर्क युके
Organizer
HeNN UK Charity Solidarity Walk
दीपक श्रेष्ठ
अध्यक्ष
Buddha Foundation UK
Co- Organizer
HeNN UK Charity Solidarity Walk