20/04/2026
💐बिस्का: जात्राको शुभकामना 💐जोजोलपा। नमस्ते।।
Pasa Puchah Guthi UK द्वारा आयोजना गरिएको England को Dartford Open Air Theare, Central Park, Dartford
मा भैलखः तान्ने, खः जुधाउंदै सिन्दुर जात्रा गर्दै नयां बर्ष २०८३ लाई स्वागत गर्दै।
लण्डन बिस्का: जात्रामा सपरिवार सहभागी बनौ !!! परदेशमा हुर्कदै गरेका हाम्रा नयां पुस्तालाइ हाम्रो संस्कृति देखाऔ, सिकाऔ अनि हस्तान्तरण गर्दै जाऔ !!!
पासा पु च: गुठी, यु.के. ले द्वीवार्षिक ‘लण्डन बिस्का जात्रा’यस वर्ष तेश्रो पटक आयोजना गरिएको छ।
वसन्तको आगमन, सकारात्मकता, नयाँ वर्षको सुरुवात र खुशीको उत्सव को रूप मा मनाइने यो जात्रा, नेपालको भक्तपुरको बिस्का जात्रा, मध्यपुरको सिन्दुर जात्रा (खः जात्रा), गोर्खाको टाकटुके नाच, Food Stalls, Marketing Stalls लगायत बिभिन्न सांस्कृतिक गतिविधी सहित आज April 19, Sunday, Dartford Open Air Theare, Central Park, Dartford मा भव्य रूपमा मनाइएको छ।
लण्डन बिस्का जात्रा पासा पु च: गुठी, यु.के.को साउथ–इस्ट लण्डन शाखाले संयोजन गर्ने गरेको छ, जसका संयोजक अध्यक्ष सुरज मास्के र PPGUK-BOT र अध्यक्ष सुशील प्रजापतिको ब्यबस्थापनमा आयोजक शाखाले भैरवको रथ र योसिंधो निर्माण गरिएको छ भने लण्डन शाखाले भद्रकालीको रथ निर्माण गरेका छन्। सबै शाखाबाट १-१ वटा खः सहित हुन गईरहेको सिन्दुर जात्रामा एल्डरशट, साउथ ईस्ट लण्डन, लण्डन, रिडिङ र स्कटल्याण्ड शाखाहरूले अतिथिहरूलाई स्वागत गर्र्दै विभिन्न १० धिमेबाजा, धाः बाजा, खिं बाजा, बासुरी बाजा बाद्य बाद्यन टोलीहरुको समन्वय गर्न सहयोग गरेका थिए।
धन्यवाद।