09/22/2026
युरोपेली संसद्को प्रमुख राजनीतिक समूह, युरोपेली पिपुल्स पार्टी (EPP) समूहको प्रतिनिधिमण्डलले आज राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग भेटवार्ता गरेको छ।
भेटवार्तामा EPP समूहका तर्फबाट माननीय प्रा. स्वेन सिमोन (MEP), माननीय राल्फ सेकाट्ज (MEP) तथा युरोपेली संसद्को EPP समूहका विदेश मामिला, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीति सल्लाहकार श्री बेन्जामिन ओपर्मान सहभागी हुनुहुन्थ्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्यसँगै संसदीय दलका उपनेता तथा सचिवालय सदस्य गणेश पराजुली, प्रतिनिधिसभा सदस्य कमल सुबेदी र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य श्री महेश भट्ट सहभागी हुनुहुन्थ्यो।
यस प्रकारका अन्तर्राष्ट्रिय राजनीतिक संवादले नेपाल र युरोपबीचको लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव तथा साझा सरोकारका विषयमा आपसी समझदारी अभिवृद्धि गर्न र भविष्यमा सहकार्यका नयाँ सम्भावना पहिचान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।