प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया Pnsba

  • Home
  • Australia
  • Sydney, NSW
  • प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया Pnsba

प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया Pnsba Official Account for Prawas Nepali Samparka Bibhag - Australia 🇳🇵 🔔🔔🔔 🇦🇺

वि.सं. २०८३ श्रावण २४ ने.सं. ११४६ दिल्लागा एकादशीविज्ञप्तिलोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, स...
09/08/2026

वि.सं. २०८३ श्रावण २४
ने.सं. ११४६ दिल्लागा एकादशी

विज्ञप्ति

लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि "नागरिक, नीति र नेतृत्व" कार्यक्रम सुरु गर्दैछ।

यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ। जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ।

यस कार्यक्रमलाई देहाय बमोजिम दुई चरणमा सञ्चालन गरिनेछ:

पहिलो चरण: नागरिक संवाद
साँझ ५:०० देखि ६:०० बजेसम्म एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ। मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत गर्ने आशा गरिएको छ।

दोस्रो चरण: नेतृत्व संवाद
साँझ ६:०० बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुनेछ।

कार्यक्रमका मुख्य उद्देश्यहरू देहाय बमोजिम रहेका छन्:
• साझा रणनीति निर्माण: नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र संगठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने।
• जवाफदेहिता प्रवर्द्धन: मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने।
• यथार्थपरक नीति: नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने।
• प्रभावकारी समन्वय: नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकार रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान गर्ने।

असिम शाह
सहमहामन्त्री

https://www.facebook.com/share/p/1FJoNasPVy/?mibextid=wwXIfr
08/08/2026

https://www.facebook.com/share/p/1FJoNasPVy/?mibextid=wwXIfr

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।

07/08/2026

केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन।
नआत्तिनुहोस्।

सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।

कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।

https://www.facebook.com/share/1EgHfGwNoA/?mibextid=wwXIfr
07/08/2026

https://www.facebook.com/share/1EgHfGwNoA/?mibextid=wwXIfr

The Japan International Cooperation Agency (JICA) has unveiled the Kathmandu Valley Urban Transport System Master Plan, presenting a long-term roadmap for improving transportation across the Valley through 2050. The plan proposes 35 major projects, including underpasses, elevated highways, tunnels, new bridges, cycling lanes and car-free heritage zones. The proposed measures aim to ease traffic congestion and improve mobility while supporting a more sustainable urban transport system. Officials said the master plan will be submitted to the Cabinet for approval before implementation, offering a long-term framework to address Kathmandu Valley’s growing transportation challenges.

06/08/2026

अस्ट्रेलियाले स्थायी भिसामा देशभित्र रहेका आवेदकलाई प्राथमिकता दिने!

सिड्नी । अस्ट्रेलिया सरकारले स्थायी भिसा (PR) का लागि देशभित्रै बसेर काम गरिरहेका अस्थायी भिसाधारकलाई प्राथमिकता दिने नीति अघि सारेको छ।

अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले जारी गरेको मन्त्रालयीय निर्देशनमार्फत दक्ष भिसा प्राथमिकता परिवर्तन गरेका हुन्। नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामै बसेर काम गरिरहेका योग्य अस्थायी भिसाधारकलाई स्थायी भिसाका लागि प्राथमिकता दिइनेछ।

सरकारले यो कदम नेट ओभरसिज माइग्रेसन (NOM) घटाउने रणनीति अन्तर्गत अघि बढाएको जनाएको छ। विदेशबाट नयाँ आप्रवासी ल्याउनुको सट्टा अस्ट्रेलियामै रहेका र काम गरिरहेका व्यक्तिलाई स्थायी बसोबासमा रूपान्तरण गर्ने रणनीति लिइएको हो।

मे महिनाको बजेटमा तय गरिएको १ लाख ८५ हजार स्थायी माइग्रेसन स्थानमध्ये करिब ७० प्रतिशत देशभित्र रहेका आवेदकका लागि छुट्याइएको थियो।

कुन क्षेत्रका कामदारलाई प्राथमिकता?

- रक्षा तथा कानून प्रवर्तन क्षेत्र, AUKUS सम्बन्धित कामदारसहित
- निर्माण क्षेत्र
- स्वास्थ्य तथा वृद्ध हेरचाह सेवा

नयाँ प्राथमिकताले राष्ट्रिय हितसँग सम्बन्धित प्रमुख उद्योग तथा रणनीतिक रूपमा महत्वपूर्ण पेशालाई सहयोग गर्ने सरकारको भनाइ छ।

अस्ट्रेलियामा बसेर काम गरिरहेका आप्रवासीलाई स्थायी बसोबासतर्फ छिटो रूपान्तरण गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको नेट ओभरसिज माइग्रेसन गत वर्ष ३ लाख १ हजार मा झरेको थियो। कोभिडपछिको उच्चतम बिन्दुमा यो संख्या ५ लाख ५६ हजार पुगेको थियो। सरकारले NOM लाई २ लाख २५ हजार मा झार्ने लक्ष्य राखेको छ।

हाल अस्ट्रेलियामा करिब ३० लाख व्यक्ति अस्थायी भिसामा रहेको बताइएको छ भने ब्रिजिङ भिसामा मात्रै ४ लाख ३२ हजारभन्दा बढी व्यक्ति छन्।

विशेषज्ञहरूले नयाँ व्यवस्थाले अस्ट्रेलियामा रहेका ठूलो संख्याका अस्थायी भिसाधारकलाई व्यवस्थापन गर्न सहयोग पुग्ने भए पनि NOM मा तत्काल ठूलो प्रभाव नपर्न सक्ने बताएका छन्।

https://luklatv.com.au/2026/07/27/10735/?fbclid=IwZnRzaATVRsVwZG9mBWZkaWQWULadwM3IJ3Q3mvJLsrAvSk0uahTI-WV4dG4DYWVtAjExAH...
28/07/2026

https://luklatv.com.au/2026/07/27/10735/?fbclid=IwZnRzaATVRsVwZG9mBWZkaWQWULadwM3IJ3Q3mvJLsrAvSk0uahTI-WV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR7KVgU2Bs0S9uSSjoAn8o9QA-eDqIUrbnD_BQxommySwJknAADuBafFfvfatA_aem_nEhE-D2JZwHVanGsv5zT6g

सिड्नी – प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलिया (NSW) को आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय ....

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया Pnsba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share